Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
A A+ A-

काठमाडौं। देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा बाढी, पहिरो र निर्माण कार्यका कारण यातायात सेवा प्रभावित भएको छ।

सडक विभागका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशअन्तर्गत रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा बन्द छ। नुवाकोटको टोखा-छहरे र पासाङल्हामु सडक खण्डको अवस्था पनि उस्तै छ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ क्षेत्रमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। केही स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी मात्र सवारी साधन चलिरहेका छन्।

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा सडकको अवस्था हेरेर सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

गण्डकी प्रदेशको मनाङस्थित चामे-बेँसीसहर सडक खण्डमा निर्माण कार्य भइरहेकाले साना सवारी साधन मात्र सञ्चालनमा छन्। कर्णाली प्रदेशको हुम्लामा रहेको कर्णाली करिडोरको एक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभागले अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन निरन्तर प्रयास भइरहेको जनाएको छ। वर्षाका कारण थप बाढी र पहिरोको जोखिम रहेकाले चालक तथा यात्रुलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ।

विशेष गरी जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

2