udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी पीडितका लागि कास्कीबाट १ करोड १८ लाखभन्दा बढी राहत संकलन

भोटेकोशी बाढी पीडितका लागि कास्कीबाट १ करोड १८ लाखभन्दा बढी राहत संकलन
A A+ A-

काठमाडौं। भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणले १ करोड १८ लाख ९० हजार ८३१ रुपैयाँ सहयोग संकलन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार, ३७ वटा संस्था तथा व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सो रकम जम्मा गरेका हुन्। यसमध्ये होटल एसोसिएसन पोखरा मातहतका २३ वटा होटलले सबैभन्दा बढी २९ लाख ३५ हजार ८३३ रुपैयाँ संकलन गरेका छन्।

सहयोग गर्ने अन्य प्रमुख संस्थाहरूमा द माउन्टेन लेकसाइड ट्रस्टले १० लाख, बाराही रिसोर्टले ९ लाख ६४ हजार ११५, मगर समाज कास्कीले ६ लाख ६८ हजार ४५०, नेलम्बो नेपालले ५ लाख ५५ हजार ५५५ र मानव मिलन संस्थाले ५ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेका छन्। त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक पोखरा शाखाले ५ लाख रुपैयाँ सहयोग गरेको छ।

यसबाहेक २-९ गोर्खा राइफल्स परिवार गण्डकीले २ लाख ५१ हजार, होटल पोखराले २ लाख, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २ लाख, इस्लामिक समाजले ३ लाख, पश्चिमाञ्चल अटोमोबाइल्सले १ लाख २५ हजार, रेवान पोखराले १ लाख २२ हजार, क्षेत्री समाज नेपालले १ लाख २२ हजार, ब्राह्मण समाजले १ लाख ५१ हजार, जोन्टा क्लबले १ लाख ५० हजार र लामिछाने बन्धु समाजले १ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रशासनका अनुसार, धेरै दाताले जानकारी नदिई सीधै राहत कोषमा रकम जम्मा गरेका छन्। केही संस्थाले खाद्यान्न, लत्ताकपडा र औषधिजन्य सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष वितरण गरेका छन्। अन्यले स्थानीय जनप्रतिनिधि, सांसद र पोखरा महानगरपालिकामार्फत पनि राहत र नगद सहयोग उपलब्ध गराएका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action