Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दार्चुलाका तीन स्थानीय तहद्वारा बाढीपीडितलाई २६ लाख सहयोग

दार्चुलाका तीन स्थानीय तहद्वारा बाढीपीडितलाई २६ लाख सहयोग
A A+ A-

खलङ्गा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दार्चुलाका तीन स्थानीय तह र एक विद्यालयले २६ लाख ८१ हजार ३६० रुपियाँ आर्थिक सहयोग जुटाएका छन्। सङ्कलित रकम प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार कोषमा जम्मा गरिएको छ।

नौगाड गाउँपालिकाले २२ लाख ७८ हजार २५९ रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष दलजितसिंह धामीका अनुसार विपत् व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवासुविधा तथा कर्मचारी र शिक्षकको पारिश्रमिकबाट सो रकम कट्टा गरिनेछ।

मार्मा गाउँपालिकाले दुई लाख ५१ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो। यसका लागि अध्यक्ष र उपाध्यक्षले एक-एक महिनाको सेवासुविधा, वडाध्यक्षले १५ दिन र कार्यपालिका सदस्यले सात दिनको सेवासुविधाबापतको रकम उपलब्ध गराउनेछन्। कर्मचारीको हकमा नेपाल सरकारले तोकेबमोजिमको रकम कट्टा गरिनेछ।

त्यस्तै, लेकम गाउँपालिकाले एक लाख ४२ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष रामदत्त जोशीले बताए। यसमा अध्यक्षको मासिक सेवा सुविधाबाट २० हजार, उपाध्यक्षबाट १२ हजार, वडाध्यक्षहरूबाट छ हजार, कार्यपालिका सदस्यबाट तीन हजार र गाउँसभा सदस्यहरूको सेवासुविधाबाट एक हजार रुपियाँ समावेश छ।

यसका अतिरिक्त महाकाली नगरपालिका-७ स्थित मालिकार्जुन माध्यमिक विद्यालयका विद्यार्थीले बालक्लबमार्फत १० हजार १११ रुपियाँ सङ्कलन गरी कोषमा जम्मा गरेका छन्। विद्यालयका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीले सो जानकारी दिए।

2