Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हिउँदमा लोडसेडिङ नहोस् भनी प्राधिकरणको अग्रिम तयारी

हिउँदमा लोडसेडिङ नहोस् भनी प्राधिकरणको अग्रिम तयारी
A A+ A-

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा लोडसेडिङ हुन नदिन आवश्यक तयारी सुरु गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि प्राधिकरणले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि अग्रिम योजना बनाएको हो।

प्राधिकरणका अनुसार हिउँदमा आन्तरिक उत्पादन घट्ने भएकाले भारतबाट ६५४ मेगावाट विद्युत् आयात गर्ने स्वीकृति लिइएको छ। भारतको ऊर्जा मन्त्रालयले भदौ २८ देखि पुस १६ गतेसम्मका लागि यो विद्युत् आयातको अनुमति नवीकरण गरेको छ।

यसअन्तर्गत ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् आयात गरिनेछ। थप १५० मेगावाट विद्युत् आयातका लागि पनि प्राधिकरणले भारतसमक्ष प्रस्ताव पठाइसकेको छ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले बाढीका कारण जलविद्युत् आयोजनामा पुगेको क्षतिका कारण हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन समयमै समन्वय गरिएको बताए। उनले भने, ‘हिउँदमा आन्तरिक उत्पादन घट्दा माग धान्न हामीले ६५४ मेगावाट विद्युत् आयात गर्ने पूर्वस्वीकृति लिइसकेका छौँ।’

बाढीका कारण हाल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर छ। यद्यपि, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङको सम्भावना नरहेको बताए। उनले भने, ‘सबै नेपालीलाई के आश्वस्त पार्न चाहन्छु भने अब नेपालमा फेरि लोडसेडिङ हुने अवस्था छैन।’ उनले हाल नेपालको विद्युत् क्षमता ४,५०० मेगावाटभन्दा बढी पुगिसकेकाले केही आयोजनामा क्षति पुग्दैमा समस्या नहुने प्रस्ट पारे।

प्राधिकरणले हाल आन्तरिक माग व्यवस्थापन गरेर दैनिक ५०० देखि ८०० मेगावाटसम्म विद्युत् भारत निर्यात गरिरहेको छ। गत आर्थिक वर्षमा नेपालले सुक्खायाममा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको बिजुली आयात गरेको थियो। यस वर्ष प्रसारण पूर्वाधारमा भएको विकास र थप उत्पादनका कारण हिउँदमा विद्युत् अभाव नहुने प्राधिकरणको दाबी छ।

2