Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

न्यूयोर्कमा पुस्तक बिक्रीबाट बाढीपीडितका लागि २ लाख ३० हजार संकलन

न्यूयोर्कमा पुस्तक बिक्रीबाट बाढीपीडितका लागि २ लाख ३० हजार संकलन
A A+ A-

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा आयोजित ‘बाढीपीडितका लागि पुस्तक-आशाको कथा’ कार्यक्रमबाट करिब २ लाख ३० हजार नेपाली रुपैयाँ संकलन भएको छ। रसुवाका बाढीपीडितको सहयोगार्थ आयोजित उक्त कार्यक्रममा १ हजार ५ सय २ अमेरिकी डलर जम्मा भएको हो।

संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजक पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीले जानकारी दिएका छन्। रकम जम्मा गरेपछि यसको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने उनीहरूले बताए।

कार्यक्रममा ७० जनाभन्दा बढी साहित्यकार, पत्रकार र समाजसेवीको सहभागिता थियो। उपस्थित लेखकहरूले आफ्ना पुस्तक बिक्री गरी सहयोग जुटाएका हुन्।

औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा आयोजना गरिएको यो कार्यक्रममा लेखक, पाठक र समुदायबीच प्रत्यक्ष संवाद तथा पुस्तक परिचयमा जोड दिइएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य साहित्य र सिर्जनालाई मानवीय सेवाको माध्यम बनाउँदै विपदमा परेका नेपाली परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्नु रहेको आयोजकले जनाएका छन्।

आयोजक पासाङ नुरु शेर्पाले भने, ‘साहित्यलाई मानवीय सेवासँग जोड्ने उद्देश्यले यो कार्यक्रम गर्यौं। थोरै भए पनि पीडितहरूको घाउमा मल्हम लगाउन कोसिस गरेका छौं।’ यो अभियान सफल बनाउन सहयोग गर्ने लेखक, पाठक, स्वयंसेवक र विभिन्न संघ-संस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

2