Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चाडपर्व नजिकिँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

चाडपर्व नजिकिँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो
A A+ A-

काठमाडौं। चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ। दाल, चामल, चिनी, खानेतेल र गेडागुडीको माग बढेसँगै मूल्य बढेको हो। बाढीपहिरोका कारण सडक र ढुवानीमा आएको समस्याले गर्दा ढुवानी लागत बढेको छ, जसको असर खुद्रा मूल्यमा परेको व्यवसायी तथा सरकारी अधिकारीहरूले बताएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीले ढुवानी समस्याका कारण चामलमा प्रतिकिलो १५ देखि २० रुपियाँसम्म मूल्य बढेको जानकारी दिनुभयो। उहाँका अनुसार कृष्णभिरको पहिरो पन्छाएर सडक सञ्चालन सहज भएपछि ढुवानी लागत घट्ने र बजार मूल्यमा समेत कमी आउन सक्छ। विभागले बजारमा कालोबजारी हुन नदिन अनुगमनलाई तीव्रता दिएको छ। किरातीले उपभोक्तालाई कुनै पसलमा अस्वाभाविक मूल्य लिएमा ११३७ मा उजुरी गर्न आग्रह गर्नुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानले भारतमा चामलको मूल्य बढ्नु र नेपालमा ढुवानी क्षमतामा आएको ह्रासका कारण मूल्यमा चाप परेको बताउनुभयो। साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरी विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनको तयारी गरिरहेको छ। हाल साल्ट ट्रेडिङका शाखाहरूबाट बासमती चामल प्रतिबोरा ३ हजार ५५० देखि ३ हजार ६६० रुपियाँसम्ममा बिक्री भइरहेको छ।

स्थानीय व्यवसायी सुदीप अधिकारीले ढुवानी समस्याका कारण मोटा चामलको मूल्य प्रतिबोरा १५० देखि २०० रुपियाँसम्म बढेको बताउनुभयो। खानेतेलमा पनि पछिल्लो १५ दिनमा प्रति कार्टुन २०० रुपियाँसम्म मूल्य फरक परेको छ। उपभोक्ता भगवती पाण्डेले चाडपर्वको समयमा मूल्य वृद्धि हुँदा आर्थिक भार थपिएको गुनासो गर्नुभयो। उहाँका अनुसार पहिले १७०० रुपियाँमा पाइने चामलको मूल्य अहिले २२०० रुपियाँसम्म पुगेको छ।

2