udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम
A A+ A-

काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माणाधीन तथा सञ्चालनमा रहेका ६ वटा ठूला जलविद्युत् आयोजनालाई सात दिनभित्र विस्तृत विवरण पेस गर्न निर्देशन दिएको छ। गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले मंगलबार सार्वजनिक पत्रमार्फत आयोजनाहरूलाई प्राविधिक, कानुनी तथा वित्तीय विवरण अनिवार्य रूपमा बुझाउन पत्राचार गरेका हुन्।

पालिकाको निर्देशनमा २८५ मेगावाटको तमोर इनर्जी प्रालि, १६६ मेगावाटको सुपर तमोर, ७७.५ मेगावाटको घुन्साखोला रेमिट, ७३.५ मेगावाटको सानिमा मिडिल तमोर, ७०.३ मेगावाटको सिम्बुवाखोला रेमिट र ३७.५ मेगावाटको तमोर-५ जलविद्युत् परियोजना समावेश छन्।

गाउँपालिकाले आयोजनाहरूसँग मुख्य ६ वटा शीर्षकमा जानकारी मागेको छ। जसमा कञ्चनजङ्घा संरक्षण क्षेत्रले चर्चेको भूभाग, सरकारी, निजी तथा ऐलानी जग्गाको विवरण, भौतिक संरचना निर्माणको मापदण्ड र वार्षिक रोयल्टी भुक्तानीको अवस्था रहेका छन्।

त्यस्तै, ढुङ्गा, गिट्टी र बालुवा उत्खननको अनुमतिपत्र, संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सम्झौता तथा भुक्तानी विवरण, र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), इआइए र आइइई प्रतिवेदनको प्रतिलिपि बुझाउन भनिएको छ।

प्राकृतिक स्रोतको उपयोगमा पारदर्शिता कायम गर्न यस्तो कदम चालिएको अध्यक्ष लिम्बूले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्राकृतिक स्रोत स्थानीय नागरिकको साझा सम्पत्ति र अधिकारको विषय भएको उल्लेख गरेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action