Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्राकृतिक प्रकोपबाट प्रभावित तनहुँका किसानलाई राहत

प्राकृतिक प्रकोपबाट प्रभावित तनहुँका किसानलाई राहत
A A+ A-

तनहुँ। हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि आठ लाख ७८ हजार रुपैयाँ उपलब्ध गराएको छ।

प्राकृतिक प्रकोप तथा रोगका कारण बालीमा क्षति पुगेका किसानलाई कार्यालयले क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरेको हो।

कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानका १९३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको थियो। लागतका आधारमा गरिएको मूल्याङ्कनअनुसार ती बालीमा ३७ लाख १८ हजार ३०० रुपैयाँ बराबरको क्षति भएको थियो। किसानले व्यहोरेको सम्पूर्ण क्षति पूर्ति गर्न नसकिए पनि केही राहत मिलोस् र आगामी खेतीका लागि पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको अधिकारीले बताएका छन्।

तनहुँमा चैते धानमा सबैभन्दा बढी असर परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। चैते धानमा मरुवा रोग तथा असिना पानीका कारण ठूलो क्षति पुगेको हो। अधिकारीका अनुसार १७२ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानमा १२ लाख २३ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसबापत किसानलाई तीन लाख पाँच हजार ९०० रुपैयाँ राहत उपलब्ध गराइएको छ।

चैते धानसँगै तनहुँको प्रमुख नगदेबालीका रूपमा रहेको सुन्तला खेतीमा पनि हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ। कार्यालयका अनुसार नौ दशमलव तीन हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा १८ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। उक्त क्षतिबापत किसानलाई चार लाख ६९ हजार रुपैयाँ राहत प्रदान गरिएको छ।

त्यसैगरी हावाहुरी तथा असिना पानीका कारण तरकारी तथा अन्य बालीमा क्षति पुगेको छ। १२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी तथा अन्य बालीमा छ लाख १८ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको थियो।

कार्यालयले राहत रकम वितरणसँगै किसानलाई पुनः उत्पादनमा फर्काउन आवश्यक सहयोग र प्राविधिक परामर्शलाई पनि प्राथमिकता दिएको प्रमुख अधिकारीले उल्लेख गरेका छन्।

2