udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लेटाङका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

लेटाङका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित
A A+ A-

मोरङ। मोरङको लेटाङ: १ का किसानले परम्परागत खेती छाडेर व्यावसायिक कफी खेती विस्तार गरिरहेका छन्।

साग्माका चन्द्रबहादुर राईसहितका किसानले विगत १० वर्षदेखि कफी खेती गर्दै आएका छन्। शिक्षण पेसाबाट स्वैच्छिक अवकाश लिएर २०७२ सालदेखि कफी खेतीमा लागेका चन्द्रबहादुरले ५० रोपनी जग्गामा कफी रोपेका छन्। उनले वार्षिक तीन हजार पाँच सय केजी प्रशोधित कफी बिक्री गर्दै आएका छन्।

कफी खेतीमा १३ वर्षमा डेढ करोड लगानी गरिसक्नुभएका राईले भने, “तत्काल आम्दानी खोज्नेभन्दा पनि भविष्यसम्मका लागि दिगो आर्थिक स्रोत बनोस् भनेर लगानी गरेको हुँ।” उनको प्रयासपछि स्थानीय दुई सयभन्दा बढी किसान कफी खेतीमा जुटेका छन्। गाउँमा वार्षिक तीन लाखदेखि ७० लाख रुपियाँसम्मको कफी बिक्री गर्ने किसान रहेका छन्।

वडाध्यक्ष विष्णुकुमार मगरका अनुसार वडाका दुई सय ५० जना किसानले व्यावसायिक कफी खेती गरिरहेका छन्। हरेक वर्ष १० देखि १५ रोपनी क्षेत्रफलमा कफी खेती विस्तार भइरहेको छ।

कोशी प्रदेश सरकारको अनुदान र लेटाङ नगरपालिकाको कार्यक्रममार्फत यो वर्ष दुई हजार दुई सय कफीका बिरुवा वितरण गरिएको छ। साथै, सिँचाइका लागि ४९ हजार लिटर क्षमताका १७ वटा ट्याङ्की र १३ हजार मिटरभन्दा बढी पाइप वितरण गरिएको छ।

नगरपालिकाको कृषि शाखाका अनुसार कोशी प्रदेश सरकारबाट सुन्तला तथा कफी खेती प्रवर्धनका लागि १२ लाख ५० हजार रुपियाँ अनुदान प्राप्त भएको थियो।

वडाले एक लाख रुपियाँ थप गरी सिँचाइ पूर्वाधार निर्माण गरेको हो। नगरप्रमुख भूपेन्द्रकुमार लावतीले कफी खेतीले अन्य बालीको तुलनामा राम्रो आम्दानी दिने र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी बसाइँसराइ नियन्त्रण गर्न सहयोग पुगेको बताए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action