काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर सडकखण्डमा निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन हुने भएका छन्।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार यस खण्डमा करिब ९० प्रतिशत काम पूरा भइसकेको छ।
२७० मिटर लामो सो सडकखण्डमा आवश्यक कटिङ, ग्राभेलिङ र सब-सर्फेस ड्रेनेजको काम सम्पन्न भइसकेको छ।
बाँकी रहेको सब-बेसको काम बुधबार बेलुकासम्म सक्ने गरी तीव्र गतिमा काम भइरहेको कार्यालयले जनाएको छ।
निर्माण कार्यलाई निरन्तरता दिन रात्रिकालीन समयमा फ्लड लाइटको व्यवस्थासमेत गरिएको छ।
