udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ई-जीपी प्रणाली बन्द भएपछि हुलाक वा कुरियरबाट टेन्डर दर्ता गर्न सकिने

ई-जीपी प्रणाली बन्द भएपछि हुलाक वा कुरियरबाट टेन्डर दर्ता गर्न सकिने
A A+ A-

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा उच्च सुरक्षा जोखिम देखिएपछि सो प्रणाली तत्कालका लागि स्थगित गरेको छ।

प्रणाली बन्द भएसँगै अब बोलपत्रदाताहरूले हुलाक वा कुरियर मार्फत टेन्डर डकुमेन्ट दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ई-जीपी प्रणाली पुनः सञ्चालन नहुँदासम्मका लागि यो वैकल्पिक व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कार्यालयका अनुसार हाल उक्त प्रणालीको मर्मतसम्भार तथा सुधारको कार्य भइरहेको छ।

सार्वजनिक खरिद प्रक्रिया नरोकियोस् भन्ने उद्देश्यले कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात बुझाउने व्यवस्था मिलाएको जनाएको छ।

कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नमुना बोलपत्र कागजातको ‘सेक्सन १’ मा रहेको ‘सिलिङ एन्ड मार्किङ’ सम्बन्धी प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सोही व्यवस्था अनुसार हुलाक, हातैले वा कुरियर मार्फत बोलपत्र बुझाउन सक्ने सुविधा रहेको छ। कार्यालयले सम्पूर्ण सार्वजनिक निकायहरूलाई हुलाक वा कुरियर मार्फत प्राप्त हुन आएका बोलपत्र कागजातहरू कानुन बमोजिम तोकिएको समयभित्र दाखिला गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action