Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बेलायतमा नेपाल टेक रोडशो सम्पन्न, प्रविधि क्षेत्रको क्षमता प्रदर्शन

बेलायतमा नेपाल टेक रोडशो सम्पन्न, प्रविधि क्षेत्रको क्षमता प्रदर्शन
A A+ A-

काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतको लन्डनमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न भएको छ।

लन्डन हिथ्रोस्थित र्याडिसन ब्लु होटलमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य नेपाली प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु रहेको थियो।

कार्यक्रममा नेपालको प्रविधि क्षमता, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे प्रस्तुति दिइएको थियो। नास आईटीका उपाध्यक्ष विभूषण बिष्टले नेपालको आईसीटी इकोसिस्टम र नेपाली कम्पनीहरूको सेवा प्रवाह गर्ने क्षमताका बारेमा जानकारी गराएका थिए।

यसैगरी, नेपाल र बेलायतबीच प्रविधि, व्यापार तथा लगानीमा सहकार्यको सम्भावनाबारे बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, ब्रिटिस दूतावास काठमाडौंका व्यापार तथा लगानी प्रमुख अनुप श्रेष्ठ र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले धारणा राखेका थिए।

रोडशोमा १७ वटा नेपाली प्रविधि कम्पनीहरूले साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, एआई, डेटा इन्जिनियरिङ र फिनटेक लगायतका क्षेत्रमा आफ्नो अनुभव र क्षमता प्रस्तुत गरेका थिए।

जेनेस सोलुसनका सीईओ अञ्जनी फुयाँल, सिम्प्लिफाइड सोलुसनका सीटीओ सुरज ज्ञवाली, इन्ग्रेल्सका सहसंस्थापक निर्देश द्वाले, एकबानाका एआई विभाग प्रमुख डा. भगवान ओझा र नेपाल इन बिजनेसका टिम लिड रातिस बस्न्यातले आ-आफ्नो क्षेत्रको कार्य अनुभवबारे जानकारी दिएका थिए।

कार्यक्रमको समापनमा नास आईटीका कार्यसमिति सदस्य नारायण कोइरालाले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। नेपाल इन बिजनेस र दाइ ग्लोबल यूकेको सहकार्यमा सम्पन्न यस कार्यक्रमले नेपाललाई प्रविधि सेवा र दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने मुलुकका रूपमा स्थापित गर्न मद्दत पुग्ने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुने कम्पनीहरूमा आकाश टेक, एआईटीसी इन्टरनेसनल, कोड पिक्सेल्ज मिडिया, कोडिङ माउन्टेन, डट्स एन्ड ड्यासेस टेक्नोलोजी सर्भिसेज, एकबाना सोलुसन्स, एमिनेन्स वेज, फोकस, जेनेस सोलुसन, इन्ग्रेल्स, जेस्पर आईटी, मन्त्र आइडियाज्, प्रोशोर नेपाल, टेकक्राफ्ट, टेकन टेक्नोलोजिज, वेब एक्सपर्ट्स नेपाल र योङ इन्नोभेसन्स रहेका छन्।

2