udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
A A+ A-

सुनसरी। सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए –बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउँछन् ।

विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गरेका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ गाडी खरिद गरी चलाए । त्यसबाट पनि सोचेअनुसार आम्दानी नभएपछि २०७५ मा रोजगारीका लागि कुवेत गए ।

खाडीको घाम सहेर फर्केपछि उनले २०७७ सालमा कृषि पेसा गर्ने सोच राखे । रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएका उनले अहिले करिब चार बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

“पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो । थोरै खेतीमा धान र मकै लगाइन्थ्यो, खानका लागि पुग्थ्यो तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भने, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”

हाल दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उनले बताए । करिब अढाई बिगाहामा गोलभेँडा खेती गरेका उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खोर्सानीलगायत मौसम अनुसारका तरकारी लगाएका छन् ।

मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइ तथा मलपानीको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

“अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ,” उनले भने, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”

आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उनले बताए । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु भने बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु,” उनले भने ।

उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउँछन् । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी, इनरुवालगायत स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

उनको खेतीमा वर्षभरि ज्यालादारीमा १२ जनाले काम पाएका छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उनले जानकारी दिए ।

“श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरी जिल्लाबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उनले बताए ।

तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिगाहा क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कट्ठा जग्गा खरिद गरेका छन् । उनका एक छोरा र तीन छोरी स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् । “अहिले गाउँमै राम्रो कमाई भइरहेको छ । गाउँमै रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । अहिले गाउँमा राम्रो व्यवसायी भनेर नाम र दाम दुवै कमाएको छु,” उनले भने ।

चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार भन्छन्, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”

“यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशको कमाइले आफैँलाई खर्च पु¥याउन गाह्रो हुन्छ । नेपालको कमाइ थोरै भए पनि सबै बचत गर्न सकिन्छ”, उनले भने ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action