Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
A A+ A-

काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरूमा यातायात सेवा प्रभावित भएको छ।

बागमती प्रदेशको रसुवामा बाढीले मुख्य राजमार्ग पूर्ण रूपमा बन्द गराएको छ। विभागले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्ड बन्द रहने जनाएको छ।

नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-६ को धादिङखोला क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

साथै, विदुर नगरपालिका-१० को सिमटारमा पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित पृथ्वी लोकमार्गमा भने पहिरोका कारण यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका-३ मा चामे-बेँसीसहर सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, कर्णाली प्रदेशको हुम्लास्थित सर्केगाड गाउँपालिका-६ मा कर्णाली करिडोर पनि पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ।

सडक विभागले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सडकको अवस्थासम्बन्धी सूचनालाई आधार मानेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

2