काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार बजारमा अधिकांश तरकारीको मूल्य स्थिर रहे पनि केहीमा सामान्य घटबढ भएको छ।
शुक्रबारको मूल्यअनुसार स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ११० रुपैयाँ र ब्रोकाउलीको मूल्य १९० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ, सानो लोकल गोलभेँडा ३७ रुपैयाँ र रातो आलु ५३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। भारतीय सुकेको प्याजको मूल्य ९० रुपैयाँ, लोकल गाँजर ११० रुपैयाँ र लोकल बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ।
हरियो तरकारीतर्फ तनेबोडी ५६ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, घिउ सिमी ८० रुपैयाँ, करेला ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, लोकल परबल ७५ रुपैयाँ र घिरौँला ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, स्कुस १५ रुपैयाँ र भिन्डी ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
साग र च्याउको मूल्यमा पनि केही परिवर्तन देखिएको छ। रायोको साग १०० रुपैयाँ, पालुंगोको साग १७५ रुपैयाँ, कन्य च्याउ १९८ रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ र कुरिलो ५५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
