Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कोशी प्रदेशमा अलपत्र २३२ योजना यसै वर्ष सक्ने व्यवसायीको प्रतिबद्धता

कोशी प्रदेशमा अलपत्र २३२ योजना यसै वर्ष सक्ने व्यवसायीको प्रतिबद्धता
A A+ A-

विराटनगर। कोशी प्रदेशमा स्रोत अभाव र अन्य कारणले वर्षौंदेखि अलपत्र परेका २३२ वटा विकास योजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने सहमति भएको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशको टोलीबीच भएको छलफलपछि यस्तो सहमति जुटेको हो।

मन्त्री आचार्यले म्याद सकिएका तथा बजेट अभावले अधुरा रहेका सडक, पुल र भवन निर्माणका कामलाई अन्तिम पटक मौका दिँदै म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सरकार र निर्माण व्यवसायी साझेदार रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै काम सम्पन्न गर्न व्यवसायीहरूलाई निर्देशन दिएका छन्। मन्त्री आचार्यले काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा १२१ वटा कालोपत्रे सडक र थप १११ वटा पुल तथा भवनका योजना अलपत्र छन्। गत आर्थिक वर्षमा मोरङमा ४५, झापामा ४२, सुनसरीमा १९, इलाममा ९, खोटाङमा ३, उदयपुरमा २ र धनकुटामा १ वटा सडक योजना स्रोत अभावका कारण अघि बढ्न सकेका थिएनन्।

ती सडक निर्माण सम्पन्न गर्न करिब रु ३२ करोड र अन्य १११ योजनाका लागि रु ६० करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बुढाथोकीले मन्त्रीको पहलले आफूहरूलाई ऊर्जा मिलेको बताउँदै यसै वर्षभित्र काम सम्पन्न गर्ने दृढता व्यक्त गरे।

2