Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

देशको आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी आवश्यकः प्रचण्ड

देशको आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी आवश्यकः प्रचण्ड
A A+ A-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले दिगो कृषि अभ्यास नेपाली किसानका लागि महत्त्वपूर्ण रहेको बताए।

दाहालले कृषि उत्पादनलाई अनुकूल बनाउनु र खेतीलाई थप लाभदायक बनाउनु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। प्रविधिको प्रयोगमार्फत किसानलाई वातावरणमैत्री र व्यावसायिक खेतीतर्फ प्रेरित गर्न सके कृषि औद्योगिकीकरणको विकास हुने उनको भनाइ छ। आफू पनि किसान सङ्गठनमा काम गरेको स्मरण गर्दै उनले कृषि क्षेत्रले रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने बताए।

कार्यक्रममा पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिमा गरिने लगानीले उत्पादन बढाउनुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले स्वदेशी उत्पादनको उपभोग बढाउन सके आयात प्रतिस्थापन गर्न र पुँजी पलायन रोक्न सकिने बताए। सरकारले कृषि, पर्यटन र पूर्वाधार जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

महासङ्घका अध्यक्ष बलदेव चौधरीले निर्यातमूलक कृषि उद्योगलाई सहुलियत दिन सरकारसँग माग गरे। उनले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका रहेको बताउँदै सिँचाइ, मल, बीउबिजन र आधुनिक प्रविधिमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। सो अवसरमा उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो।

2