udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती
फाइल फोटो
A A+ A-

भोजपुर। जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छन।

जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसानको आकर्षण घरतरुलतर्फ बढेको हो।

मकै, कोदो, आलु जस्ता परम्परागत बाली बाँदरले सखाप पारेर हैरान बनाएपछि कतिपय किसानले जमिन नै बाँझो छाड्ने गरेका थिए। तर अहिले किसानहरुले त्यस्ता जमिनमासमेत घरतरुल खेती गर्दै आएका छन्।

भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर विष्टका अनुसार बाँदरको अत्यधिक समस्या भएका ठाउँमा घरतरुल भरपर्दो आम्दानीको स्रोत बनेको छ। “बाँदरले अरू बाली केही पनि बाँकी राख्दैन,”उनले भने, “तर तरुल जमिनमुनि फल्ने भएकाले सुरक्षित रहन्छ। अहिले गाउँका धेरै किसानले बाँदर छल्नकै लागि भए पनि तरुल खेती विस्तार गरेका छन्।”

तरुल मुख्यगरी उसिनेर खान र तरकारीका रूपमा प्रयोग हुने भएकाले यसको बजार माग उच्च छ। स्थानीय किसान धन थापाका अनुसार अहिले गोडमेल गरिएको तरुल कात्तिक–मंसिर महिनाबाट खनेर बजारमा बिक्रीका लागि लैजाने गरिन्छ।

किसानले बढी मात्रामा जाँते तथा पतले जातको घरतरुल रोप्ने गरेको उहाँले जानकारी दिनुभयो। “स्थानीय बजारमा घरतरुल प्रतिकेजी ८० देखि १२० सम्ममा सजिलै बिक्री हुन्छ,“ किसान थापाले भने, “मलखाद र माटोको अवस्था राम्रो भएर फस्टाएको एउटै बोटबाट १५ देखि २० किलोग्रामसम्म उत्पादन लिन सकिन्छ। यसकै आम्दानीले नुनतेलदेखि घरपरिवारको सामान्य खर्च मज्जाले टरेको छ।”

कम सिँचाइ र भिरालो जमिनमा पनि राम्रो उत्पादन हुने भएकाले पहाडी भू–भागका लागि यो अत्यन्तै उपयुक्त बाली मानिन्छ। विशेष गरी माघे संक्रान्तिका बेला यसको माग झनै उच्च हुने भएकाले किसानहरूले सोही समयलाई लक्षित गरेर बिक्री बढाउने गरेका छन्।

स्थानीय बजारका साथै धरान, इटहरी र विराटनगर जस्ता सहरमासमेत जिल्लाको तरुलको माग रहेकाले बजारीकरणमा समस्या नरहेको किसानहरू बताउँछन्।

कृषि विज्ञहरूका अनुसार बाँदर प्रभावित क्षेत्रका किसानलाई यस्ता वैकल्पिक र नगदे बालीतर्फ प्रोत्साहन गर्न स्थानीय सरकारले प्राविधिक सहयोग र उन्नत बीउ उपलब्ध गराउन आवश्यक देखिन्छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action