Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि

चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि
A A+ A-

बेइजिङ। चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानीमा गिरावट आए पनि उच्च प्रविधिमा आधारित उद्योगहरूमा भने लगानी उल्लेख्य रूपमा बढेको छ।

चिनियाँ वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म उच्च प्रविधि उद्योगमा वास्तविक विदेशी लगानी ३५.१ प्रतिशतले वृद्धि भई २०० अर्ब २६ करोड युआन पुगेको छ।

यो अवधिमा उच्च प्रविधि क्षेत्रमा आएको लगानी कुल विदेशी प्रत्यक्ष लगानीको ४१.७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशत विन्दुले बढी हो। यसैगरी पहिलो आठ महिनामा ४२ हजार ५८२ वटा नयाँ विदेशी लगानीका उद्यमहरू दर्ता भएका छन्। यद्यपि, समग्र विदेशी प्रत्यक्ष लगानी भने ५.३ प्रतिशतले घटेर ४७९ अर्ब ९५ करोड युआनमा सीमित भएको छ।

क्षेत्रगत रूपमा अनुसन्धान तथा विकास र डिजाइनसम्बन्धी सेवामा ७४ प्रतिशत, प्राविधिक सेवामा ६४.२ प्रतिशत र विद्युतीय उपकरण उत्पादनमा ४१.९ प्रतिशतले लगानी वृद्धि भएको छ। केन्द्रीय वित्त तथा अर्थशास्त्र विश्वविद्यालयका निर्देशक चाङ सियाओथाओका अनुसार चीनको लगानी आकर्षणको आधार अब कम लागतबाट परिवर्तन भई नवप्रवर्तन र प्रविधिमा केन्द्रित भएको छ।

विदेशी लगानीलाई थप आकर्षित गर्न चीनले गत जुनमा १५ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो। यसअन्तर्गत बजार पहुँच विस्तार, प्रक्रिया सरलीकरण र विदेशी लगानीकर्तालाई सुरक्षा प्रदान गर्ने नीति लिइएको छ। साथै, फेब्रुअरीबाट लागू गरिएको नयाँ सूचीले उन्नत उत्पादन र आधुनिक सेवामा जोड दिएको छ।

पछिल्लो समय फ्रान्स, स्विट्जरल्यान्ड र दक्षिण कोरियाबाट चीनमा आउने लगानीमा उल्लेख्य वृद्धि देखिएको छ। दक्षिण कोरियाली कम्पनीले क्वाङ्चौमा अर्धचालक केन्द्र र जर्मन कम्पनीले च्याङ्सुमा रोबोट उत्पादन कारखाना स्थापना गरिरहेका छन्।

अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयका प्राध्यापक छन च्यानवेईका अनुसार चीनको बलियो औद्योगिक पूर्वाधार र आपूर्ति शृंखलाका कारण बहुराष्ट्रिय कम्पनीहरूले यहाँ दीर्घकालीन लगानी गरिरहेका छन्।

सरकारी अधिकारीहरूले चीनको आर्थिक आधार अब उच्चस्तरीय उत्पादन र प्रविधिमा आधारित हुँदै गएको संकेत गरेका छन्।

2