Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो
A A+ A-

चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको सङ्ख्या बढेको हो ।

विश्व विद्यालयका उपकुलपति प्रा डा ऋषिराम कट्टेलका अनुसार गत शैक्षिकसत्रमा एक हजार ५०८ ले प्रवेश परीक्षा दिएकामा यस वर्ष एक हजार ६८७ जनाले आज प्रवेश परीक्षा दिएका छन् । विश्व विद्यालयले देशका विभिन्न छ ठाउँबाट एकैसाथ प्रवेश परीक्षा लिएको हो । विगतका वर्षहरूमा काठमाडौँ, हेटौँडा र चितवनको रामपुरमा मात्रै परीक्षा दिने व्यवस्था गरिएको थियो ।

यस वर्ष रामपुरबाट ५६८, काठमाडौँबाट ७०६, हेटौँडाबाट ६५, इटहरीबाट १४५, जनकपुरबाट ९१ र नेपालगञ्जबाट ११२ जनाले प्रवेश परीक्षा दिएका कट्टेलले जानकारी दिनुभयो । यस वर्ष फारम भर्नेको सङ्ख्या एक हजार ८०१ रहेकामा ११४ जना परीक्षामा उपस्थित भएका छैनन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौ ठाउँमा ८५४ जना विद्यार्थीले पढ्न पाउँछन् । यस्तै सम्बन्धन प्राप्त आठ वटा निजी क्याम्पसमा ४०० जनाले अध्ययन गर्ने अवसर पाउँछन् । ती सबै जोड्दा एक हजार २५४ जनाले अध्ययन गर्न पाउनेछन् । तीमध्ये १२ जना विदेशी विद्यार्थी पनि पर्दछन् । उनीहरू प्रवेश परीक्षामा सहभागी हुनुपर्दैन ।

उपकुलपति प्रा डा कट्टेलले यस वर्ष विद्यार्थीको सङ्ख्या बढेकाले आङ्गिक र निजी सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी पुग्ने बताउनुभयो । गत वर्ष आठ वटा आङ्गिकमध्ये पाँच वटा विद्यार्थीको अभावमा नयाँ भर्ना भएका थिएनन् । निजी आठ वटा क्याम्पसले विद्यार्थी नपाउँदा बन्द छन् । कट्टेलले विद्यार्थी नपुगे आङ्गिक क्याम्पसलाई अनुसन्धान, नवपर्वतन र प्रसार केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । विद्यार्थी नपुगेमा २१ दिनभित्र पुनः प्रवेश परीक्षा समेत गरिने उनले बताए।

प्रा डा कट्टेलले देशभरका क्याम्पसमार्फत प्रचारप्रसार गरी देशका छ ठाउँमा प्रवेश परीक्षा गरिएको र पाठ्यक्रम परिमार्जनसँगै गुणस्तरमा विकास हुँदा विद्यार्थीको आकर्षण बढेको बताए। यस विश्वविद्यालयमा कृषि, पशु चिकित्सा विज्ञान तथा पशुपालन, मत्य विज्ञान र वन विज्ञान, विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिको अध्यापन हुन्छ ।

कृषि सङ्कायका डिन प्रा डा सुन्दर तिवारीले विदेशी विद्यार्थी पाँचको आवेदन प्राप्त भएको बताउनुभयो । ती विद्यार्थी भारत र बंगलादेशका हुन् । परराष्ट्र मन्त्रालय मार्फत् अन्य विद्यार्थी आउने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयमा तीन सङ्कायमा गरी विदेशी १२ जना विद्यार्थी यस शैक्षिक सत्रबाट भर्ना गरिँदै छ । तीमध्ये पाँच जना कृषि, तीन पशु चिकित्सा, एक मत्स्य विज्ञान र तीन जना वन विज्ञानका रहेका छन् ।

2