काठमाडौं। एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले चाङ्गान नेभो क्यू०५ को अल्ट्रा भेरियन्ट पोखरामा सार्वजनिक गरेको छ।
कम्पनीले शनिबारदेखि असोज ६ गतेसम्म पोखराको चाउथेस्थित डीपल शोरूममा चार दिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ।
नेभो क्यू०५ अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो एसयूभीमा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोग गरिएको छ, जसले पछाडिको सिटमा तीन जना वयस्कलाई आरामदायी यात्रा सुनिश्चित गर्छ।
यसमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन, ५४० लिटरको बुट स्पेस र २९ वटासम्म स्टोरेज स्पेस छन्। ६७ भन्दा बढी साउन्ड इन्सुलेसन पोइन्ट रहेको गाडीमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ पनि छ।
चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष क्लाउस जिक्योराको नेतृत्वमा विकसित यो मोडलले ‘गोल्डेन ए डिजाइन अवार्ड २०२६’ प्राप्त गरेको छ। यसको एरोडाइनामिक प्रोफाइलमा ०.२६५ सीडीको ड्र्याग कोइफिसियन्ट, डिजिटल विङ २.० लाइटिङ र सेमी-हिडन डोर ह्यान्डलहरू छन्।
प्राविधिक रूपमा, नेभो क्यू०५ मा सीएटीएल ब्याट्री सेल र गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि जडान गरिएको छ। यसको ३सी फास्ट चार्जिङ प्रणालीले १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ।
१२० किलोवाटको इलेक्ट्रिक मोटर रहेको यो गाडी शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा पूरा गर्न सक्षम छ। डब्ल्यूएलटीपी परीक्षणअनुसार यसको ड्राइभिङ रेन्ज ४०५ किलोमिटर रहेको छ भने ऊर्जा खपत १०० किलोमिटरमा १२.९ किलोवाट-आवर छ। इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन, एमटीके८६७५ प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा छन्।
सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम, नाडाका पूर्वअध्यक्ष ध्रुव थापा, डीपलका ब्रान्ड एम्बेसडर प्रदीप खड्का तथा एमएडब्ल्यू वृद्धिका उच्च अधिकारीहरूको उपस्थिति थियो। एमएडब्ल्यू वृद्धि अटोकर्प नेपालमा चाङ्गान अटोमोबाइलको आधिकारिक डिलर हो।
