काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो तीनदिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा उनले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए।
भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए।
साथै, उनले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध, द्विपक्षीय व्यापार तथा लगानी विस्तारका विषयमा समेत छलफल गरेका थिए।
