Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जलविद्युत् आयोजनाको सहयोगमा म्याग्दीको दुखुखोला पुल संरक्षण

जलविद्युत् आयोजनाको सहयोगमा म्याग्दीको दुखुखोला पुल संरक्षण
A A+ A-

काठमाडौं: बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको बेनी-दरवाङ सडक खण्डमा पर्ने दुखुखोला पुलको मर्मत तथा संरक्षण गरिएको छ।

मङ्गला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा अवस्थित सो पुल बाढीका कारण पिल्लरको जगमुनिबाट कटान भई भासिने जोखिममा थियो।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार मालिका, धौलागिरि र तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो सडकमा यातायात अवरुद्ध हुन नदिन जलविद्युत् आयोजनाहरूको साझेदारीमा मर्मत कार्य सम्पन्न गरिएको हो। सरकारी प्रक्रियामा ढिलाइ हुने भएकाले आयोजनाहरूसँग सहयोग मागिएको थियो।

पुल मर्मतका लागि ६५ मेगावाटको म्याग्दीखोला, ३७ मेगावाटको अपर म्याग्दी, ५३.५ मेगावाटको अपर म्याग्दी-१, २५ मेगावाटको दरवाङ म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले संयुक्त रूपमा लगानी गरेका छन्।

अपर म्याग्दी-१ जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले खोला डाइभर्सन, पुलको जगमुनि ढलान र पहुँचमार्गमा ग्यावियन पर्खाल लगाएर पुललाई सुरक्षित बनाइएको जानकारी दिए।

यसअघि पुलको जोखिमका कारण निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या हुनुका साथै यातायात सेवा ठप्प हुने अवस्था थियो। विसं २०७६ मा करिब २ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भएको २० मिटर लामो र ६ मिटर फराकिलो यो पुल अहिले सबै प्रकारका सवारीसाधन सञ्चालनका लागि योग्य बनेको छ।

2