Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति
A A+ A-

वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनलाई २.६८ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीको सम्भावित स्वीकृति दिएको छ ।

यसअघि किएभले रूसी आक्रमणहरू रोक्नका लागि बारम्बार सहयोगको अपिल गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले कङ्ग्रेसलाई पठाएको सूचनामा भनेको छ, “मन्त्रालयले ‘युक्रेन सरकारलाई सम्भावित विदेशी सैन्य हतियार बिक्री स्वीकृत गर्ने निर्णय’ गरेको छ, जसमा हवाई प्रतिरक्षा विकासको स्तरवृद्धि तथा सम्बन्धित उपकरण र सेवाहरू समावेश छन्।“किएभले विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन विरोधी राडार र ट्रेलरसहितका उपकरण खरीद गर्न निवेदन दिएको छ,” विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित बिक्रीका लागि कङ्ग्रेसले समीक्षा गर्नेछ र सही लागेमा पारित गर्नेछ । “यदि खरिदका लागि भएको प्रस्ताव कङ्ग्रेसले अनुमोदन गरेमा युक्रेनले यसलाई युरोपेली योगदान र अघिल्लो प्रशासनको पालामा विनियोजन गरिएको अमेरिकी विदेशी सैन्य वित्तपोषणको संयोजनबाट वित्तपोषण गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही अगस्टमा भनेका थिए, “ट्रम्प प्रशासनले युरोपेली सहयोगीहरूलाई आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रशासनअन्तर्गत युक्रेनलाई दिइएको अमेरिकी सहयोग फिर्ता गर्न आग्रह गर्नुहुनेछ ।”

राष्ट्रपति ट्रम्पले लामो समयदेखि युरोपेलीहरूले युक्रेनप्रति पश्चिमी सहयोगको लागतको ठूलो भाग वहन गर्नुपर्ने माग गर्दै आएका छन् ।

विदेश मन्त्रालयले २.६८ अर्ब डलर लागत अनुमान गरेको शुक्रबारको यो प्रस्ताव राष्ट्रपति ट्रम्पले रूसलाई दबाब दिन नयाँ प्रतिबन्धहरू स्वीकृत गर्ने विधेयकमा हस्ताक्षर गरेको बेला आएको हो ।

युक्रेनको राजधानी किएभमा रूसी आक्रमणहरूमा तीव्र वृद्धि देखिएको छ, जसलाई गोलाबारुदको अभावका कारण यसको हवाई प्रतिरक्षाले रोक्न सङ्घर्ष गरिरहेको छ ।

विश्लेषकहरू भन्छन्, “मस्को युक्रेनी मनोबललाई कमजोर बनाउन र किएभका युरोपेली सहयोगीहरूलाई त्रसित पार्न खोजिरहेको छ । यतिवेला क्रेमलिनले हतियार उत्पादनबाट उसलाई लाभ भएको विश्वास गर्दछ।”

वासिङटनको समय र गोलाबारुदको ठूलो भाग ओगटिरहेको मध्य पूर्वको युद्धले पनि द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता वार्तालाई बाधा पुर्‍याएको छ । (रासस/एएफपी)

2