Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाल-भारत व्यापार: गैरभन्सार अवरोध हटाउन आग्रह

नेपाल-भारत व्यापार: गैरभन्सार अवरोध हटाउन आग्रह
A A+ A-

काठमाडौं। नेपालले भारततर्फको निकासीमा देखिएका विभिन्न गैरभन्सार अवरोधहरू हटाउन आग्रह गरेको छ।

नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबीचको व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा नेपालबाट भारततर्फ हुने जुट र स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन विशेष जोड दिइएको छ। साथै, सहमतिअनुसार नेपाली कृषि उत्पादनलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डरमा समावेश गर्न पनि नेपालले अनुरोध गरेको छ।

यसैगरी, भारतीय पक्षले कृषि, औषधी तथा दुग्धजन्य उत्पादनको बजार पहुँच, भन्सार सहजीकरण र औद्योगिक सम्पत्ति अधिकारलगायतका विषयमा सहजीकरण गर्न नेपालसमक्ष प्रस्ताव राखेको छ।

दुवै देशका प्रतिनिधिमण्डलबीच कृषि उपजको पारस्परिक बजार पहुँच र द्विपक्षीय मान्यताप्राप्त प्रयोगशालाको स्वीकृति गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

बैठकमा सीमानाकामा सडक तथा रेलवे पूर्वाधारको निर्माण एवं स्तरोन्नति र परीक्षण प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो।

नेपाली पक्षले द्विपक्षीय सहकार्यका संयन्त्रलाई सक्रिय बनाउँदै यसअघि प्रस्ताव गरिएका लेटर अफ एक्सचेन्जका मसौदालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको छ। बैठकमा नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङ र भारतीय टोलीको नेतृत्व भारतको उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिव उज्ज्वलकुमार घोषले गरेका थिए।

2