udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बर्दघाट नगरपालिकाबाटै कर सम्बन्धी सेवा प्रवाह हुने

बर्दघाट नगरपालिकाबाटै कर सम्बन्धी सेवा प्रवाह हुने
A A+ A-

काठमाडौं। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अब स्थानीय तहबाटै कर सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।

आन्तरिक राजस्व कार्यालय भैरहवा धाउनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले यस्तो व्यवस्था सुरु गर्न लागेको हो। यसका लागि बर्दघाट नगरपालिका र आन्तरिक राजस्व कार्यालय भैरहवाबिच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय तहमै सेवा उपलब्ध भएपछि बर्दघाट र आसपासका सेवाग्राहीलाई भैरहवा पुग्नुपर्ने झन्झट कम हुने बताए।

परासीमा रहेको करदाता सेवा कार्यालय आन्तरिक राजस्व कार्यालय भैरहवामा गाभिएपछि जिल्लाका करदाताले सेवा लिन भैरहवा जानुपर्ने अवस्था थियो।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलका अनुसार स्थानीय तहमै कर प्रशासनसम्बन्धी सेवा प्रदान गर्दा करदातालाई सहज हुनुका साथै धेरैभन्दा धेरैलाई करको दायरामा ल्याउन सहयोग पुग्नेछ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कर्मचारी व्यवस्थापन लगायतका आवश्यक तयारी पूरा गरेर आगामी एक दुई हप्ता भित्रै सेवा सुचारु गरिने जानकारी दिनुभयो। सात स्थानीय तह रहेको नवलपरासीमा करिब ५८ हजार करदाता छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action