Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु
A A+ A-

काठमाडौं। सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लाइसेन्स छपाइको लामो समयदेखिको समस्या समाधान गर्न नयाँ प्रविधि अपनाएको हो।

यो प्रणाली लागू भएसँगै लाइसेन्स लिने तथा नवीकरण गर्ने प्रक्रिया थप सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ। ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ। त्यहाँबाट छपाइ सकिएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयहरूमा लाइसेन्स पठाइनेछ। यसले विगतमा देखिँदै आएको छपाइ र वितरणको ढिलासुस्ती कम गर्ने विश्वास लिइएको छ।

नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत पठाइसकिएको छ। नयाँ व्यवस्था अनुसार प्रदेश सरकारहरूले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ लाइसेन्स छपाइ गर्न सक्नेछन्। सोही प्रावधान अनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ अघि बढाएको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सम्झौता गरी प्रक्रिया सुरु गरेको छ। यदि प्रदेश सरकारले सम्झौता नगरेको खण्डमा सेवाग्राहीको सुविधाका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा छपाइको व्यवस्था मिलाइएको छ।

2