Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा

टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा
A A+ A-

काठमाडौं। काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोर नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका छन्।

कम्पनीका अनुसार गत वर्षको आगजनीबाट प्रभावित १२ वटा स्टोरमध्ये १० वटा यसअघि नै सञ्चालनमा आइसकेका छन्। बाँकी रहेका दमक र हेटौंडाका दुई स्टोरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कम्पनीले आगजनीका बाबजुद १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राखेको र दसैं बोनससमेत कटौती नगरेको जनाएको छ।

भाटभटेनी सुपर मार्केट प्रा. लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पूर्ण रूपमा जलेका स्टोर पुनःनिर्माणमा ठूलो लगानी र समय लागे पनि ग्राहकलाई सेवा दिने लक्ष्यका साथ काम गरिएको बताए। उनले कोटेश्वरस्थित क्षतिग्रस्त स्टोर आगजनीको पाँच महिनामै सञ्चालनमा ल्याइएको स्मरण गरे।

यसैबीच, कम्पनीले काठमाडौंमा निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए। नेपाली बालबालिकालाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको उनले बताए।

टंगालस्थित स्टोर पुनः सञ्चालनको अवसरमा सोमबार बिहान ८ बजे एक कार्यक्रम आयोजना गरिएको छ। कम्पनीले पुनःनिर्माण गर्दा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई प्राथमिकता दिएको जनाउँदै ग्राहकलाई आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष गुरुङले ग्राहक, कर्मचारी र शुभेच्छुकहरूलाई सहयोगका लागि आभार व्यक्त गरेका छन्।

2