Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो तर आन्तरिक अर्थतन्त्र सुस्त

नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो तर आन्तरिक अर्थतन्त्र सुस्त
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको प्रतिवेदनअनुसार नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त विकास र महँगीको दबाबमा रहेको छ।

साउन महिनामा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ, जसले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।

वैदेशिक व्यापारतर्फ निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने आयात ३१.० प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। आयातको आकार ठूलो हुँदा व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। निर्यातमा भएको वृद्धि मुख्यतया प्रशोधित तेलजस्ता पुनर्निरयातीत वस्तुमा आधारित छ।

उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। विशेष गरी खाद्य तथा पेय पदार्थमा ६.७७ प्रतिशत र यातायात क्षेत्रमा १३.१७ प्रतिशतको मूल्यवृद्धिले सर्वसाधारणको क्रयशक्तिमा असर पारेको छ। सरकारी वित्ततर्फ साउन महिनामा कुल राजस्व संकलन ९२ अर्ब २३ करोड रुपैयाँ भएको छ भने खर्च ४१ अर्ब ८९ करोड रुपैयाँमा सीमित छ। विकास निर्माणको सुस्तता झल्काउने पुँजीगत खर्च केवल १ अर्ब ३३ करोड रुपैयाँ मात्र भएको छ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप ०.३ प्रतिशतले घटेको छ भने निजी क्षेत्रतर्फको कर्जा प्रवाह ०.४ प्रतिशतले मात्रै बढेको छ। वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.१५ प्रतिशत र कर्जाको औसत ब्याजदर ६.४८ प्रतिशत कायम भएको छ। आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन पुँजीगत खर्च बढाउने र निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने चुनौती देखिएको छ।

2