udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन राजमार्गको विस्तार र सुधारका लागि एडीबीले ४७ अर्ब दिने

तीन राजमार्गको विस्तार र सुधारका लागि एडीबीले ४७ अर्ब दिने
A A+ A-

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपालका तीनवटा राजमार्गको विस्तार र स्तरोन्नतिका लागि करिब ४७ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। सडक विभागका अनुसार साढे ३० करोड अमेरिकी डलर बराबरको उक्त रकममध्ये २८ करोड ५० लाख डलर ऋण र २ करोड डलर अनुदानस्वरुप प्राप्त हुनेछ।

एडीबीले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-हेटौंडा र पृथ्वी राजमार्गको मुग्लिङ-आँबुखैरेनी सडक खण्ड विस्तारका साथै कर्णाली राजमार्गको सुरक्षा सुधारका लागि सहयोग गर्न लागेको हो। आयोजना निर्देशक चुडाराज ढकालका अनुसार नारायणघाट-हेटौंडा खण्डका लागि २४ करोड ५० लाख डलर, मुग्लिङ-आँबुखैरेनीका लागि ३ करोड डलर र कर्णाली राजमार्गका लागि १ करोड डलर छुट्याइएको छ। अर्थ मन्त्रालय र एडीबीबीच ऋण सम्झौता आगामी नोभेम्बरमा हुने कार्यतालिका छ।

नारायणघाट-हेटौंडा ७० किलोमिटर सडक खण्ड चार लेनमा विस्तार गर्न ठेक्का आह्वान भइसकेको छ। यस खण्डको टिकौली जंगल क्षेत्रमा वन्यजन्तुको आवतजावत सहज बनाउन २ किलोमिटर लामो भायडक्ट निर्माण गरिनेछ। यसका लागि एडीबीले २ करोड डलर अनुदान दिनेछ।

मुग्लिङ-आँबुखैरेनी खण्डको हकमा भने बिड डकुमेन्टमा एडीबीको सहमति प्राप्त हुन बाँकी छ। भौगोलिक जटिलता र मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर स्टेसनका कारण यस खण्डमा नदीको दुवै किनारबाट सडक विस्तार गर्ने योजना छ। मन्त्रिपरिषद्ले यसका लागि नयाँ रेखांकन स्वीकृत गरिसकेको छ।

त्यस्तै, कर्णाली राजमार्गको ७३ किलोमिटर खण्डमा सडक सुरक्षा, मोड सुधार र ब्यारिकेट निर्माणका लागि १ करोड डलर ऋण उपयोग गरिनेछ। ६८२ किलोमिटर लामो यो राजमार्गलाई सुरक्षित बनाउन नेपाल सरकारले एडीबीसँग ऋण सहयोगको पहल गरेको थियो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action