Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवा बाढी : डेढ अर्बभन्दा बढीको मोटर बीमा दाबी

रसुवा बाढी : डेढ अर्बभन्दा बढीको मोटर बीमा दाबी
A A+ A-

काठमाडौं। रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा सवारी साधनमा क्षति पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म सार्वजनिक यातायात, बस, माइक्रो, जिप, र व्यावसायिक मालवाहक ट्रकसहित करिब ३१३ वटा सवारी साधनको १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ। बाढीमा चीनबाट आयात गरिएका १ हजारभन्दा बढी नयाँ ईभी गाडीहरू पनि परेको अनुमान गरिएको छ, जसले गर्दा बीमा दाबीको रकम अझ बढ्न सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार समग्रमा निजी, व्यक्तिगत तथा संस्थागत सम्पत्तिको बीमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेक्का आयोजनाको जोखिम बीमाको छ, जसबापत २० अर्ब ५० करोड रुपैयाँ बराबरको ५२ वटा दाबी परेका छन्। रसुवा र नुवाकोटमा सञ्चालित र निर्माणाधीन १२ वटा ऊर्जा परियोजना बाढीबाट प्रभावित भएका छन्।

त्यस्तै, ११३ वटा सम्पत्ति बीमा मुद्दामा २ अर्ब ३४ करोड रुपैयाँ र ५४ वटा अन्य बीमा मुद्दामा ५२ करोड ९२ लाख रुपैयाँको दाबी परेको छ। परिवहन बीमातर्फ ४७ वटा मुद्दाबाट ८९ करोड ७७ लाख रुपैयाँ र स्वास्थ्य बीमातर्फ ४ करोड १६ लाख रुपैयाँको दाबी दर्ता भएको छ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले दाबी भुक्तानी प्रक्रिया छिटो र छरितो बनाउन कम्पनीहरूलाई निर्देशन दिएको बताएका छन्। यद्यपि, बीमा कम्पनीहरूले क्षतिको अध्ययन, मूल्यांकन र प्रमाणीकरणमा समय लाग्ने भएकाले भुक्तानीमा केही समय लाग्ने जनाएका छन्। सरकारी तथ्यांकअनुसार बाढीबाट करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ भने ७ हजार ५०० निजी घर पूर्ण रूपमा ध्वस्त भएका छन्।

2