Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चाडबाड नजिकिँदै गर्दा भोजपुरमा बजार अनुगमन

चाडबाड नजिकिँदै गर्दा भोजपुरमा बजार अनुगमन
A A+ A-

भोजपुर। चाडपर्वको समयमा उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ जिल्लामा मासु तथा माछा पसलहरूको आकस्मिक अनुगमन गरिएको छ। स्थानीय प्रशासन र सरोकारवाला निकायको संयुक्त टोलीले बजारका १० वटा मासु पसलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा केही पसलहरूमा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएको छ। बजारस्थित ‘दाजुभाइ माछा पसल’बाट सडेको र दुर्गन्धित अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले चाडपर्वमा अस्वस्थकर माछा तथा मासु बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमन गरिएको जानकारी दिए। उनले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन। छड्के अनुगमनका क्रममा भेटिएका अस्वस्थकर वस्तुलाई स्थलगत रूपमै नष्ट गरेका छौँ।’

अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा. देवकुमार दर्लामीसहितको प्राविधिक टोली सहभागी थियो। डा. दर्लामीका अनुसार अघिल्ला अनुगमनहरूमा दिइएका सुझावका आधारमा केही व्यवसायीले सरसफाइमा सुधार गरे पनि अझै केही पसलमा दर्ता नवीकरण, पसलको सरसफाइ र मूल्यसूची नराखिएको पाइएको छ। यस्ता पसलहरूलाई सुधार गर्न कडा निर्देशन दिइएको छ।

आगामी दिनमा बजार अनुगमनलाई थप तीव्र र निरन्तर बनाइने प्रशासनले जनाएको छ। उपभोक्तालाई खरिद गर्दा ताजा र गुणस्तरीय वस्तु मात्र रोज्न तथा शंकास्पद देखिएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरिएको छ। उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र भोजपुर नगरपालिकाको पशु सेवा शाखाको सहभागिता थियो।

2