Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन मन्त्रालयको गृहकार्य

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन मन्त्रालयको गृहकार्य
A A+ A-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिउँदको समयमा विद्युत आपूर्तिलाई सहज र सन्तुलित बनाउन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत पूर्वाधारमा क्षति पुग्दा राष्ट्रिय प्रसारण लाइनमा १० प्रतिशत विद्युत प्रणाली बाहिरिएर चाप परेको जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार बाढीका कारण प्रसारण लाइनमा परेको चापका बाबजुद नेपाल विद्युत प्राधिकरणले हाल विद्युत प्रणालीलाई सन्तुलित राख्ने प्रयास गरिरहेको छ। उनले भने, “अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरु ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ। तैपनि जाडो महिनामा पनि अहिलेजस्तै विद्युत आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरु गरिरहेका छौं। आशा गरौ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ।”

जाडोयाममा विद्युतको माग अधिक हुने भएकाले सोही अनुसारको व्यवस्थापन गर्न प्राविधिक तयारी भइरहेको मन्त्री श्रेष्ठले स्पष्ट पारे। उनले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत सेवा पुनः सञ्चालनमा आएको र रसुवामा पनि हालै विद्युतीकरणको काम सम्पन्न भएको उल्लेख गर्दै आगामी सुख्खायाममा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्न मन्त्रालय केन्द्रित रहेको बताए।

2