Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सोलु कोरिडोरबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी

सोलु कोरिडोरबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी
A A+ A-

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले चिलिमे जलविद्युत आयोजनामा क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यातका लागि वैकल्पिक व्यवस्था गरेको छ। प्राधिकरणले त्रिशूली र चिलिमे आयोजनाको सट्टा सोलु कोरिडोरका आयोजनाहरूबाट उक्त परिमाणको बिजुली निर्यात गर्ने प्रक्रिया अघि बढाएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिघार्यु कुमार श्रेष्ठले बाढीका कारण आयोजनाहरूमा क्षति पुगेपछि नियमअनुसार ‘फोर्स मेजर’ घोषणा गरिए पनि बंगलादेशतर्फको निर्यात नरोकिने स्पष्ट पारेका छन्। उनले भने, ‘बंगलादेशको हकमा हामीले त्रिशूली र चिलिमेको गरी ४० मेगावाट बिजुली पठाउने सम्झौता गरेका थियौँ। ती दुवै आयोजना क्षतिग्रस्त भएपछि नियमअनुसार हामीले फोर्स मेजर घोषणा गरेका छौँ, तर हामी निर्यात रोक्ने पक्षमा छैनौँ। ती दुई आयोजनाको सट्टा सोलु कोरिडोरका अपर सोलु लगायतका अन्य आयोजनाबाट ४० मेगावाट बिजुली पठाउने गरी तयारी अगाडि बढाएका छौँ।’

नेपालबाट भारतको बाटो हुँदै बंगलादेश बिजुली पठाउनुपर्ने भएकाले नयाँ वैकल्पिक आयोजनाहरूको स्वीकृतिका लागि भारतीय पक्षसँग पहल भइरहेको छ। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग छलफल भइसकेको र छिट्टै स्वीकृति प्राप्त हुने विश्वास लिइएको छ।

बाढीपहिरोले भोटेकोशी कोरिडोरका जलविद्युत आयोजनाहरूमा क्षति पुर्याउँदा भारततर्फ भइरहेको समग्र विद्युत् निर्यातमा समेत असर परेको छ। बाढी आउनुअघि दैनिक ८ सयदेखि १ हजार मेगावाटसम्म बिजुली निर्यात भइरहेकोमा हाल घटेर ६ सयदेखि ७ सय मेगावाटको हाराहारीमा झरेको प्राधिकरणले जनाएको छ।

2