काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: ४, कागबेनीमा फापर खेती फस्टाएको छ।
मुस्ताङको रैथाने खाद्यबालीका रूपमा रहेको फापर जिल्लाका पाँचवटै स्थानीय तहमा खेती गरिन्छ। स्थानीयस्तरमा उत्पादन हुने फापरको पिठो उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।
