udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपछिको पुनर्निर्माणका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यक

बाढीपछिको पुनर्निर्माणका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यक
A A+ A-

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा यो जानकारी गराएका हुन्।

प्राधिकरणका अनुसार बाढीका कारण करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। विपद् लगत्तै १४ सदस्यीय प्राविधिक टोलीले ड्रोनको प्रयोग गरी १५ दिनमा द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन तयार पारेको थियो।

उक्त प्रतिवेदन विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग जुटाउने आधार बनेको उप्रेतीले बताए। सरकारले विपद्को पहिलो दिन नै प्रभावित स्थानीय तहमा १३ करोड ५० लाख रुपैयाँ पठाएको थियो।

सडक र पुलको पुनर्स्थापना कार्य जारी रहेको छ। गल्छी-देवीघाट-ढुङ्गे-त्रिशूली खण्डमा यातायात सुचारु भइसकेको छ भने विदुर-बेत्रावती खण्डको अधिकांश भाग खुलाइएको छ।

साथै, प्रभावित क्षेत्रमा तीन वटा तुइन सञ्चालनमा ल्याइएको छ र थप दुई वटाको तयारी भइरहेको छ। असोजभित्र २० वटा झोलुङ्गे पुल मर्मत गर्ने लक्ष्य राखिएको छ, जसमध्ये पाँच वटाको काम भइरहेको र बाँकी १५ वटाको ठेक्का प्रक्रिया अघि बढेको छ।

प्राधिकरणले नुवाकोट, रसुवा, धादिङ र चितवनमा २ हजार २७ परिवारलाई अस्थायी आवासको आवश्यकता रहेको पहिचान गरेको छ। सर्वेक्षणअनुसार ८०.६ प्रतिशत परिवार सरकारी सहयोगमा अस्थायी आवासमा बस्न इच्छुक छन्।

केवल २५.३ प्रतिशत परिवारसँग मात्र अस्थायी संरचना निर्माणका लागि आफ्नै जग्गा छ। ७४.६ प्रतिशत परिवारमा ३ देखि ६ जना सदस्य रहेकाले सोहीअनुसारको आवास डिजाइन गरिनेछ। यसबाहेक, बाढी प्रभावित क्षेत्रमा ३५ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएका छन्, तर जग्गाको अभावले केही कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action