Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितका लागि पोखराका भारतीय भूतपूर्व सैनिकद्वारा २४ लाख सहयोग

बाढीपीडितका लागि पोखराका भारतीय भूतपूर्व सैनिकद्वारा २४ लाख सहयोग
A A+ A-

पोखरा। रसुवा र भोटेकोसी क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले २४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीको संयोजनमा पोखरामा रहेका पूर्व सैनिकहरूबाट उक्त सहयोग अभियान सञ्चालन गरिएको थियो। उनीहरूले संकलन गरेको २४ लाख ३३ हजार ९ सय ५२ रुपैयाँ मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गरेपछि सोको विवरण जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको छ।

अध्यक्ष खत्रीले देशमा विपद् परेको समयमा भारतीय भूतपूर्व सैनिकहरू सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताए। उनले भने, ‘देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ। हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।’

खत्रीका अनुसार, नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकहरूले विपद्को समयमा सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेका छन्।

2