udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धनकुटामा भैँसी पालन घट्दा राँगाको मासु उत्पादनमा कमी

धनकुटामा भैँसी पालन घट्दा राँगाको मासु उत्पादनमा कमी
A A+ A-

धनकुटा। जिल्लामा भैँसी पालन गर्ने क्रम घट्दै जाँदा राँगाको मासु उत्पादनमा गिरावट आएको छ। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष राँगाको मासु उत्पादन उल्लेख्य रूपमा घटेको हो।

केन्द्रका प्रमुख हिमाकुमारी गौतमका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ६८ मेट्रिक टन राँगाको मासु उत्पादन भएकोमा यस वर्ष घटेर पाँच सय ६७ मेट्रिक टनमा सीमित भएको छ। भैँसी पालनमा आएको कमी नै यसको मुख्य कारण भएको कार्यालयले जनाएको छ।

जिल्लामा समग्र मासु उत्पादन भने वृद्धि भएको छ। केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार गत आर्थिक वर्षमा धनकुटामा कुल ४ हजार २९ मेट्रिक टन मासु उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ३ हजार ८ सय ६६ मेट्रिक टनको तुलनामा एक सय ६३ मेट्रिक टनले बढी हो।

राँगाको मासु उत्पादन घटे पनि खसी, बङ्गुर र कुखुराको मासु उत्पादनमा भने वृद्धि देखिएको छ। तथ्याङ्क अनुसार खसीको मासु १ हजार १ सय ९५ मेट्रिक टनबाट बढेर १ हजार दुई सय ७५ मेट्रिक टन पुगेको छ। त्यसैगरी, बङ्गुरको मासु ६ सय ७३ मेट्रिक टनबाट बढेर १ हजार ३ सय ९८ मेट्रिक टन र कुखुराको मासु ७ सय ३० मेट्रिक टनबाट बढेर ७ सय ८९ मेट्रिक टन पुगेको छ।

बजारमा माग र सहज बिक्रीका कारण किसानहरू खसी, बङ्गुर र कुखुरा पालनतर्फ आकर्षित हुँदा यी प्रजातिको मासु उत्पादन बढेको केन्द्रले जानकारी दिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action