udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आत्मदाह घटनापछि यातायात व्यवसायी र मजदुरका ९ बुँदे माग

आत्मदाह घटनापछि यातायात व्यवसायी र मजदुरका ९ बुँदे माग
A A+ A-

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनापछि ६ वटा यातायात महासंघ तथा संगठनहरूले सरकारसमक्ष ९ बुँदे माग अघि सारेका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति र यातायात क्षेत्रको सुधारका लागि दबाब दिएका हुन्।

यातायात संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिनुपर्ने तथा आगजनीबाट पूर्ण क्षति भएको सवारी साधनका धनीलाई पनि क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

उनीहरूले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

श्रमिकको हकहितका लागि सबै यातायात मजदुरलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता र सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्नुपर्नेमा उनीहरूको जोड छ। साथै, ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीविरुद्ध तत्काल उजुरी गर्न २४ घण्टे हेल्पलाइन तथा न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने माग गरिएको छ।

संगठनहरूले सवारी तथा यातायात ऐनमा ट्राफिक प्रहरीलाई दिइएको अधिकारको पुनरावलोकन गर्न र सडकमा ट्राफिक प्रहरीको व्यवहारबारे नियमित अनुगमन गर्न सरोकारवाला सम्मिलित संयन्त्र बनाउन माग गरेका छन्। उनीहरूले चालकको पेसागत मर्यादा र मानसिक सुरक्षालाई राज्यको यातायात नीतिमा समेट्न आग्रह गरेका छन्।

यसका साथै देशभर व्यवस्थित बस बिसौनी, सार्वजनिक शौचालय र विश्रामस्थलजस्ता पूर्वाधारलाई श्रमिकमैत्री बनाउनुपर्ने माग अघि सारिएको छ। आफ्ना मागहरू तत्काल सम्बोधन नभए शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै ६ वटै संगठनले संयुक्त संघर्ष समिति गठन गरेका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action