Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारी वर्षाको पूर्वसूचनापछि सुरक्षा निकाय अलर्ट

भारी वर्षाको पूर्वसूचनापछि सुरक्षा निकाय अलर्ट
A A+ A-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले असोज ९ देखि ११ गतेसम्म हुने भनिएको अति भारी वर्षाबाट हुनसक्ने सम्भावित विपद्को पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्रीद्वयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वयका साथ काम गर्न निर्देशन दिएका हुन्।

ऊर्जामन्त्री श्रेष्ठले विपद्को पूर्वसूचना प्रणालीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै कृषि, पर्यटन र यातायातलगायतका क्षेत्रलाई सतर्कता अपनाउन आह्वान गरे। उनले भने, ‘सरकारको तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा सुसूचित भएर गर्नुस्। चाडबाडको बेला छ, कतै यात्रा गर्नुअघि जानकारी लिनुहोला।’ उनले रसुवाको भोटेकोशी बाढीबाट पाठ सिक्दै यसपटक पूर्वतयारी र उद्धार सामग्रीको व्यवस्थापनमा विशेष ध्यान दिइएको जानकारी दिए।

गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र उद्धार सामग्री तयारी अवस्थामा रहेको बताए। उनले नदी तटीय क्षेत्रमा टोली परिचालन र नागरिकलाई सचेत गराउने कार्य भइरहेको जानकारी दिँदै भने, ‘हामीले अवस्थाबारे ब्रिफिङ लिएका छौँ र तयारीमा जुटेका छौँ।’ उनले हाल ट्रेकिङमा रहेकाहरूलाई सुरक्षित स्थानमा रहन र नयाँ यात्रा नगर्न आग्रह गरे।

विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको ब्रिफिङ गरेकी थिइन्। मन्त्रीहरूले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीचको समन्वयलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

2