udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मार्तडी-कोल्टी सडक अवरुद्ध हुँदा स्याउ किसान चिन्तित

मार्तडी-कोल्टी सडक अवरुद्ध हुँदा स्याउ किसान चिन्तित
A A+ A-

बाजुरा। बाजुराको मार्तडी-कोल्टी सडकखण्ड पाँच महिनादेखि अवरुद्ध हुँदा किसानहरूले उत्पादन गरेको स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको छ। सडक नखुल्दा पाण्डुसैनका किसानहरूको स्याउ बारीमै थन्किएको छ।

बुढीनन्दा नगरपालिका-९ का स्थानीय मानबहादुर रावतका अनुसार भदौ १५ गतेदेखि नै स्याउ टिप्ने समय भए पनि सडकको अवस्थाका कारण स्याउ टिप्न सकिएको छैन। रावतले भने, “गत भदौ १५ गतेदेखि स्याउ टिप्न सुरु गर्थ्यौं। अहिले असोज महिनासम्म पनि स्याउ टिपेका छैनौं। त्यो स्याउ सबै बारीमा थन्किएका छन्।” सडक नखुल्दा स्याउ पाकेर झर्न थालेको उनले बताए। जिल्लाका अन्य क्षेत्रका किसानले कर्णाली करिडोर प्रयोग गरी स्याउ बिक्री गरिसके पनि पाण्डुसैनका किसानलाई भने मार्तडी-कोल्टी सडक नै आवश्यक पर्छ।

अविरल वर्षाका कारण सडक सुचारु गर्न समस्या भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय, अछामका जङ्गबहादुर थापाका अनुसार बाउली खोलामा पक्की पुल निर्माणमा ढिलाइ हुँदा सडक सुचारु हुन सकेको छैन। उक्त पुल निर्माणका लागि २०७८ कात्तिक १५ गते टीडीआर-जुगलकौशिक जेभीसँग ५ करोड ५८ लाख ८८ हजार २७० रुपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ फागुन १५ गतेभित्र काम सम्पन्न हुनुपर्ने थियो।

सडक डिभिजन कार्यालय, अछामका इन्जिनियर सुभाष शाहका अनुसार निर्माण कम्पनीले १ करोड ५५ लाख रुपियाँ भुक्तानी लिइसकेको छ तर काम भने बाँकी नै छ। म्याद थप गर्दा पनि काम नसकिएपछि पहिलो कम्पनीले काम छाडेको छ। हाल कसिम्म निर्माण सेवा मङ्गलसैनले पुल निर्माणको काम सुरु गरेको छ। दशैं र तिहारको खर्च जोहो गर्ने योजना बनाएका किसानहरू स्याउ बारीमै कुहिने हो कि भन्ने चिन्तामा छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action