Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

यस वर्षको दसैँमा सरकारले खसी-च्याङ्ग्रा नबेच्ने

यस वर्षको दसैँमा सरकारले खसी-च्याङ्ग्रा नबेच्ने
A A+ A-

काठमाडौं। यस वर्षको दसैँमा सरकारले सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस्तो निर्णय लिएको हो।

विगतका वर्षहरूमा बजार मूल्य नियन्त्रण गर्न कम्पनीले दसैँको समयमा उपत्यकामा सहुलियत दरमा चौपाया बिक्री गर्दै आएको थियो। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन।

कम्पनीले २०८१ सालको दसैँमा १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसी प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्रा १ हजार २३० रुपैयाँमा बिक्री गरिएको थियो भने उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो। गत वर्ष राजमार्ग अवरुद्ध हुँदा च्याङ्ग्राको अनलाइन बुकिङसमेत रद्द गर्नुपरेको थियो।

चौपाया खरिद-बिक्री केन्द्रका अनुसार यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा मात्रै ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान गरिएको छ।

2