Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जागिरसँगै सब-इन्जिनियरको पाखोबारीमा फलफूल बगैँचा

जागिरसँगै सब-इन्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
A A+ A-

काठमाडौं। गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घाका कृषक फत्तमान थापाले सरकारी सेवामा कार्यरत रहँदै आफ्नै पाखोबारीमा व्यावसायिक फलफूल खेती सुरु गरेकाे छ। सत्यवती गाउँपालिकामा सब-इन्जिनियरका रूपमा कार्यरत थापाले करिब १० लाख रुपैयाँको लगानीमा यो बगैँचाको सुरुवात गरेको हो।

विसं २०५८ मा सरकारी सेवामा प्रवेश गर्नुभएका थापाले इञ्जिनियरिङका क्रममा गाउँगाउँमा देखेको कृषि सम्भावनालाई आफ्नै बारीमा प्रयोगमा ल्याएको हो। हाल उनको बगैँचामा ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति रहेका छन्। यस बगैँचालाई अहिले व्यावसायिक कृषक र कृषि विषय अध्ययनरत विद्यार्थीका लागि सिकाइ केन्द्रका रूपमा लिइने गरिएको छ।

थापाको कृषि फार्ममा प्रतिगोटा ४०० देखि ५०० रुपैयाँ मूल्य पर्ने ३०० वटा ड्रागन फ्रुटका बिरुवा रहेका छन्। यसबाहेक चार रोपनी क्षेत्रफलमा ७०० बोट केरा, १०० भन्दा बढी एभोकाडो, ४४० वटा अगरउडका साथै आँप, सुन्तला, मेकाडेमिया नट र लिचीसमेत उत्पादन भइरहेका छन्। फलफूल खेतीसँगै उहाँले मौरीपालन, पशुपालन र मसला खेतीलाई पनि एकीकृत रूपमा अघि बढाएको छ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेयका अनुसार पालिकाले व्यावसायिक कृषकका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिएको छ। स्थानीय भूगोल र हावापानी सुहाउँदो बाली प्रवर्द्धन गर्ने नीतिअनुसार माथिल्लो भेगमा किवी, स्याउ, टिमुर, नास्पाती र ओखर तथा तल्लो क्षेत्रमा आँप र लिची खेती विस्तार गरिएको छ।

गाउँपालिका उपाध्यक्ष नीरमाया तरामुले कृषि पर्यटन प्रवर्द्धनका लागि कफी र चिया खेतीमा पनि जोड दिइएको बताउनुभयो। हालसम्म गाउँपालिकाले व्यक्तिगत, समूह र सार्वजनिक जग्गामा गरी ८३ हजारभन्दा बढी फलफूल तथा मसला बालीका बिरुवा रोपेको छ।

2