Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

राजमार्ग खुले पनि तरकारीको मूल्य १५० प्रतिशतसम्म वृद्धि

राजमार्ग खुले पनि तरकारीको मूल्य १५० प्रतिशतसम्म वृद्धि
A A+ A-

काठमाडौं: अविरल वर्षा र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित भएको आपूर्ति व्यवस्था सहज भए पनि तरकारीको मूल्यमा भने अस्वाभाविक वृद्धि देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार राजमार्ग सुचारु भएपछि पनि केही तरकारीको मूल्य १५० प्रतिशतसम्म बढेको छ।

भदौ १६ गते सडक अवरुद्ध हुँदा प्रतिकेजी १३० रुपैयाँ रहेको ब्रोकाउलीको मूल्य असोज ६ गतेसम्म आइपुग्दा ३२५ रुपैयाँ पुगेको छ। त्यस्तै, घिरौँलाको मूल्य ११५ प्रतिशतले बढेर ३५ रुपैयाँ र लाम्चो भन्टाको मूल्य १०७.३५ प्रतिशतले बढेर ३५ रुपैयाँ पुगेको छ। दैनिक भान्सामा प्रयोग हुने रायोको सागको मूल्य पनि ९४.४४ प्रतिशतले वृद्धि भई १०० रुपैयाँ पुगेको छ। यसबाहेक सेतो मूला, तितो करेला, भिण्डी र हरियो लसुनको मूल्यमा पनि ५७ देखि ८८ प्रतिशतसम्मको वृद्धि देखिएको छ।

उपभोक्ता अधिकारकर्मीहरूले ढुवानी सहज भइसकेको अवस्थामा पनि तरकारीको मूल्य यसरी अकाशिनु कालाबजारी भएको बताएका छन्। उनीहरूका अनुसार उपत्यका र आसपासका क्षेत्रबाट आउने तरकारीमा ढुवानीको बहाना बनाएर उपभोक्ता ठगिएका छन्। यद्यपि, केही तरकारीको मूल्य भने घटेको छ। जिरीको साग ७२ प्रतिशतले घटेर १२५ रुपैयाँमा झरेको छ भने रुख टमाटर, अमला, चुकुन्दर र केराको मूल्यमा ३४ देखि ५४ प्रतिशतसम्म गिरावट आएको छ।

बजारमा माछा र केही अन्य कृषि उपजको मूल्य भने स्थिर रहेको छ। ताजा माछाको मूल्य प्रति केजी ३२० देखि ३४४ रुपैयाँको बीचमा यथावत् छ। त्यस्तै, हरियो फर्सी, पिँडालु, हरियो प्याज, न्यूरो, सजिउन, रातो बन्दा, पुदीना, तामा, तोफु, गुन्द्रुक, जुनार, किवि, नरिवल र सुकेको खुर्सानीको मूल्यमा भदौ १६ र असोज ६ को अवधिमा कुनै फेरबदल नभएको समितिको तथ्यांकले देखाएको छ।

2