Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

राहुघाटको परीक्षण उत्पादन थालियो

राहुघाटको परीक्षण उत्पादन थालियो
A A+ A-

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन थालेको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि परीक्षण उत्पादन सुरु भएको हो। आयोजनाका प्रमुख राजबहादुर बिष्टले परीक्षणका लागि आजदेखि राष्ट्रिय प्रणालीमा विद्युत् जोडिएको जानकारी दिए।

“बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डलगायत सबै भौतिक संरचना र विद्युत गृहका उपकरणको परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो,” प्रमुख बिष्टले भने, “२०–२० मेगावाट क्षमताका दुवै युनिट सञ्चालन गरेर परीक्षणका लागि केन्द्रीय प्रणालीमा जोडिएको छ।”

विसं २०६६ मा ठेक्का सम्झौता गरेको भारतीय ठेकेदार आईभीआरसीएलको कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७४ मंसिर ६ गते छ अर्ब रुपैंयाँमा भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले ठेक्का सम्झौता गरेको थियो।

सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र सन् २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौंथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो। पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२३.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरी रहेका छन्। तिल्केनीचौरमा विद्युत गृह रहेको आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ निर्माण भएको छ।

विद्युत गृह परिसरमा स्विचयार्ड र कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रसारण लाइन निर्माण भएको छ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो।

2