Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मान्म बजारमा खानेपानीको चरम अभाव, सरोकारवाला मौन

मान्म बजारमा खानेपानीको चरम अभाव, सरोकारवाला मौन
A A+ A-

काठमाडौं। कालीकोटको सदरमुकाम मान्म बजारमा लामो समयदेखि खानेपानीको चरम अभाव देखिएको छ। जीर्ण खानेपानी आयोजना र फितलो व्यवस्थापनका कारण स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्। बस्ती विस्तारसँगै पानीका स्रोत बाँडिनु र उचित व्यवस्थापन हुन नसक्नुले समस्या झन् जटिल बनेको स्थानीयको भनाइ छ। विगत चार वर्षयता खानेपानीको समस्या निरन्तर बढिरहेको छ।

उपभोक्ताहरूले वडा नं. १ को लापरबाहीका कारण नियमित पानी पाउन नसकेको गुनासो गरेका छन्। स्थानीयका अनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्ष गणेशबहादुर शाहीले केही हदसम्म व्यवस्थापन मिलाएका थिए, तर हाल नयाँ समिति बनेपछि सेवा प्रवाह कमजोर भएको छ। मेडिकल व्यवसायी दिपबहादुर शाहीले व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीको कार्यसम्पादन प्रभावकारी नहुँदा बजारवासीले पानी पाउन नसकेको आरोप लगाउनुभयो। समितिका अध्यक्ष जनेशबहादुर शाही निर्माण व्यवसायमा व्यस्त रहने र सचिव रमेश नेपाली नगरपालिकाको कर्मचारी भएकाले समय दिन नसकेको स्थानीयको गुनासो छ।

नगरप्रमुख कमलबहादुर शाहीले खानेपानी व्यवस्थापनको जिम्मेवारी वडा अध्यक्षलाई दिइएको भए पनि कर्मचारी व्यवस्थापनमा समस्या देखिएको स्वीकार गर्नुभयो। नगरप्रमुख शाहीले भन्नुभयो, “हामीले धेरै पटक सुधार गर्नका लागि सूचना निकालेर कर्मचारी राख्ने काम गर्यौँ। तर उही कर्मचारीले मात्र आवेदन दिने भएकाले पुनः उनीहरूलाई नै राख्दा झन् मनोमानी बढेको देखिन्छ। एक-दुई जना नयाँ कर्मचारी पनि राखेका छौँ। उनीहरू पनि उस्तै देखिएपछि समस्या बढिरहेको छ। अब केही दिनमा बस्ने कार्यपालिका बैठकमा यस विषयमा आवश्यक निर्णय गर्नेछौँ।”

सदरमुकाममै खानेपानीको समस्या हुँदा पनि सरोकारवाला निकायले चासो नदिएको उपभोक्ताको गुनासो छ। होटल व्यवसायी टक्क थापाका अनुसार जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी ब्यारेक, प्रहरी कार्यालय र कारागारमा पानीको सहज आपूर्ति भए पनि आम नागरिकको समस्याप्रति कसैको ध्यान पुगेको छैन।

2