Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अमेरिका-इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

अमेरिका-इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
A A+ A-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तालाई ‘धेरै राम्रो’ र ‘अत्यन्तै फलदायी’ भनेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

एसियाली बजारको कारोबारमा बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ। फेब्रुअरीमा मध्यपूर्वमा युद्ध सुरु भएयता पटक-पटक १०० डलर नाघेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा दुई देशका प्रतिनिधिबीच तीन घण्टा लामो बैठक भएको र निकट भविष्यमै अर्को बैठक तय भएको जानकारी दिएका थिए। सोही दिन केही घण्टाअघि मात्रै ट्रम्पले इरानप्रति कडा धारणा व्यक्त गर्दै कडा निर्णय लिनुपर्ने चेतावनी दिएका थिए।

सात महिनादेखि जारी तनावका बीच इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको छ भने अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी जारी राखेको छ। यसैबीच, साउदी अरबले इराकबाट प्रक्षेपित ड्रोनका कारण बन्द भएको आफ्नो इस्ट-वेस्ट पाइपलाइन साताको अन्त्यतिरबाट पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

यता, बुधबार एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ। ताइवानको ताइएक्स परिसूचक ०.८ प्रतिशतले बढेको छ। चिप निर्माता टीएसएमसीको प्रमुख बजार ताइवानमा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढेको लगानीले बजारलाई सकारात्मक प्रभाव पारेको छ।

एन्थ्रोपिक र ओपनएआईले नयाँ एआई मोडल सार्वजनिक गरेका छन् भने मेटाको ‘म्युज’ एआई एजेन्ट आएपछि कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको छ। लगानीकर्ताको नजर अब बिहीबार हुने अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर बैठकमा केन्द्रित छ। विश्लेषक काइल रोड्डाका अनुसार यस बैठकमा व्यापारिक तनावका साथै मध्यपूर्वको युद्ध र एआई प्रविधिको प्रतिस्पर्धा मुख्य मुद्दा रहने अपेक्षा गरिएको छ।

2