Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लघुवित्तको खराब कर्जा ५० अर्ब नाघ्यो

लघुवित्तको खराब कर्जा ५० अर्ब नाघ्यो
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। २०८३ असार मसान्तसम्मको तथ्यांक हेर्दा यी संस्थाहरूको निष्क्रिय कर्जा अनुपात १०.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ७ प्रतिशत मात्र थियो।

समीक्षा अवधिमा लघुवित्तहरूको कुल कर्जा प्रवाह १०.०९ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। कर्जा विस्तारको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर ६३.८३ प्रतिशतले उच्च देखिएको छ। यसले लघुवित्त क्षेत्रमा कर्जाको गुणस्तर मुख्य चुनौती बनेको देखाएको छ। निष्क्रिय कर्जा बढ्दा त्यसको व्यवस्थापनका लागि छुट्याउनुपर्ने कर्जा नोक्सानी व्यवस्था पनि ८४.०८ प्रतिशतले बढेर २९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जाको दबाबका बाबजुद लघुवित्त संस्थाहरूको खुद मुनाफा भने ४८.१४ प्रतिशतले बढेर १० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। हाल ५१ वटा लघुवित्त सञ्चालनमा छन्, जसमध्ये ४८ वटा खुद्रा कर्जा प्रदायक हुन्। प्रतिवेदनअनुसार यी संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ५८.६३ प्रतिशत कृषि क्षेत्रमा केन्द्रित छ।

सदस्य संख्या ४.९६ प्रतिशतले बढेर ६५ लाख ३० हजार पुगेको भए पनि शाखाहरूको संख्या भने घट्ने क्रममा छ। आर्थिक वर्ष २०८२/८३ मा शाखा संख्या ०.७५ प्रतिशतले घटेको छ। वित्तीय स्रोत संकलनतर्फ यी संस्थाहरूले ४ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ परिचालन गरेका छन्। राष्ट्र बैंकका अनुसार खराब कर्जा बढे पनि लघुवित्तहरूको पुँजीकोष अवस्था सन्तोषजनक रहेको छ। २०८३ असार मसान्तसम्ममा लघुवित्तहरूको कुल सम्पत्ति ७.८८ प्रतिशतले बढेर ६ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

2