Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका सबै उडान स्थगित

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका सबै उडान स्थगित
A A+ A-

काठमाडौं। सङ्घीय र क्षेत्रीय सेनाबीच द्वन्द्व चर्कने आशङ्का बढेपछि सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले उत्तरी क्षेत्र टिग्रेका लागि हुने आफ्ना सबै उडान रद्द गरेको छ । एयरलाइन्सले बुधबार एक सूचना जारी गर्दै वर्तमान परिस्थितिका कारण टिग्रेको राजधानी मेकेले, अक्सुम र शायर सहरमा हुने उडानहरू तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

उडान कटौतीको कारणबारे एयरलाइन्सले थप विवरण दिएको छैन । यद्यपि, उक्त क्षेत्रमा नियमित उडान गर्ने अन्य कुनै पनि वायुसेवा कम्पनी छैनन् । चार्टर्ड उडानमार्फत भने त्यहाँ जान सकिने व्यवस्था कायमै छ ।

प्रधानमन्त्री अबिय अहमदको सरकारविरुद्ध सात विपक्षी समूहले नयाँ गठबन्धन बनाएको तीन दिनपछि यो निर्णय सार्वजनिक भएको हो । विपक्षी समूहहरूले आइतबार ‘इथियोपियन पिपुल्स फोर्सेस एलायन्स फर सर्भाइभल’ नामक गठबन्धन गठन गरेको घोषणा गरेका थिए । विपक्षी समूहको मुख्य उद्देश्य प्रधानमन्त्री अबिय र उनको सरकारलाई सत्ताबाट हटाउनु रहेको छ ।

यसअघि जुन महिनामा भएको आम निर्वाचनमा अबियको ‘प्रोस्परिटी पार्टी’ले सत्ता कायम राखेको थियो, जसलाई मुख्य विपक्षी समूहले बहिष्कार गरेका थिए । इथियोपियाको उत्तरी क्षेत्रमा यसअघि भएको घातक द्वन्द्वमा ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ले सङ्घीय सेनासँग लडेको थियो । उक्त द्वन्द्व सन् २०२२ को नोभेम्बरमा भएको शान्ति सम्झौतासँगै अन्त्य भएको थियो ।

2