काठमाडौं। स्याकार ट्रेडिङ कम्पनी प्रालिले बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर-होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ।
नेपालका लागि होण्डा कारको आधिकारिक वितरक कम्पनीले यस योजनाअन्तर्गत नयाँ कार खरिदमा १० लाख रुपैयाँसम्मको नगद छुट दिने जनाएको छ।
यस अफरमा सहभागी हुने ग्राहकले एक आर्थिक वर्षको सडक कर र एक वर्षको पूर्ण बीमा निःशुल्क पाउनेछन्। साथै, कम्पनीले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता सुविधा पनि उपलब्ध गराउनेछ।
पुरानो गाडी साट्न चाहने ग्राहकका लागि कम्पनीले अन-द-स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ। नयाँ गाडी खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरको फाइनान्सिङ सुविधा पनि उपलब्ध छ।
‘ड्राइभ अ ब्राइटर टुमोरो’ नाराका साथ ल्याइएको यो योजनामा होण्डाका CR-V, Elevate, City र City e:HEV मोडल समावेश छन्। यो अफर सेप्टेम्बर २५, २०२६ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुममा लागू हुनेछ। थप जानकारीका लागि नजिकैको शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
